झोला चलचित्र समिक्षा
लोकप्रिय कृती माथि चलचित्र बनाउन जती गार्हो हुन्छ, अझ त्यसलाई न्याय गर्न त झनै गार्हो हुन्छ । चलचित्र जुन कृती मा बनेको हो उक्त कृती लाई न्याय गरेको ठहरिए मात्र चलचित्र सफल भएको मान्न सकिन्छ ।
लोकप्रिय कृती माथि चलचित्र बनाउन जती गार्हो हुन्छ, अझ त्यसलाई न्याय गर्न त झनै गार्हो हुन्छ । चलचित्र जुन कृती मा बनेको हो उक्त कृती लाई न्याय गरेको ठहरिए मात्र चलचित्र सफल भएको मान्न सकिन्छ ।
धेरैले पढेको, रेडियो/अनलाईन बाट सुनेको कृष्ण धराबासी को कथा "झोला" मा आधिरित चलचित्र "झोला सती एक कु-प्रथा"लाई बनाउन पनि त्यती सहज पक्कै पनि भएन होला । त्यस्तो असहजता को बिच पनि सय बर्ष अगाडी को समाज लाई चित्रण गर्दै जुन आट र साहसले यो चलचित्र लाई दर्शक माझ पुर्याउन सफल भए त्यस्लाई मान्नै पर्ने हुन्छ ।
चलचित्र को कथा बारे धेरै भन्नु नपरे पनि यसमा कसरी एउटा महिलालाइ आफ्नो श्रीमान को मिर्त्यु पश्चात उनकै चिता सङ्गै जल्न बाध्य पारिन्छ, अनि एउटा बालकलाइ कसरी एकै चोटी बुवा र आमा दुबै को शोक बेहोर्न पर्छ, त्यसलाई मर्मस्पर्शी ढङ्गले देखाउन प्रयत्न गरिएको छ ।
चलचित्रमा त्यतीखेरको रुदिबादी समाजमानि एउटा महिला को जिउने अधिकार रक्षाको लागि कसरी उनका आफ्न्तको साथ र समर्थन मिल्छ, त्यसलाई देखाउदै नारी अधिकार को पक्षमा आवाज उठाइएको छ ।
सिनेमा को फ्रेममा दुइ चार मिनेट मात्र अटाउने बाहेक प्रमुख पात्रमा खेल्ने कलाकारहरु गरिमा पन्त, दिपक छेत्री, देश्भक्त खनाल, लक्ष्मी गिरी र बाल कलाकार सुजल नेपाल को अभिनय तारिफयोग्य छ । त्यसमाथि पनि नायिका गरिमा पन्त र उनको बृद्व श्रीमान को भूमिकामा रहेका दिपक छेत्री को अभिनय अझ धेरै उत्कृष्ट छ ।
जेसन कुवर को धुन/संगीत कर्णप्रिय हुँदा हुँदै पनि कही "लाउड" लाग्न सक्छ, त्यसमा संगीत को माध्यमले दर्शक को मनमा ढ्याङ्ग्रो ठोकाउन खोजेको भान हुन्छ । लेखक स्वयम को उपस्थितीले चलचित्रलाई धेरै नै बल मिलेको छ र सिनेमालाई उहाको कल्पनासिलतासँग नजिक तुल्याउन पनि सजिलो भएको हुन पर्छ । तर यती धेरै सबल पक्षका बाबजुतनि चलचित्रको मुख्य मुटु जुन सती जादाको दृश्यलाई हृदय बिदारक देखाउन चाही केहि हद सम्म चुकेको नै भन्न मिल्छ, जसमा उपयुक्त प्रबिधी को प्रयोग नभएको बुझिन्छ ।
हुन त छोटो कथा मा आधारित भएर नि होला चलचित्र सार्है छोटो लाग्न सक्छ तर त्यो चितामा सती बस्दा को दृश्य र ओडारमा बसेको दृश्य हरु अलि कम गती मा देखाइएको भए अझ राम्रो हुने थियो भन्ने महशुस हुन्छ ।
समग्रमा भन्नु पर्दा यसरी लोकप्रिय/मौलिक कथा माथि यत्ती को चलचित्र बनेकोमा सबैले निर्देशक को काम लाई सर्हाना गर्दै एक पटक हेर्न हल सम्म जानु पर्ने हुन्छ। साहित्य मा रुची राख्ने देखी उक्त कथा नपढेका/नसुनेका तर त्यसबारे छिट्पुट सुनेका सम्मकालाई चलचित्र हेर्न हल सम्म पुग्ने सम्भावना भएकोले चलचित्र को ब्यापर राम्रो हुने छाटकाट देखिन्छ ।
माघ २४, २०७०
0 komentar:
Posting Komentar